एशियन हाइड्रोपावरको आईपीओमा करिब २३.८४ गुणा बढी शेयर माग

समाचार

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आज फागुन ३ गतेसम्म निष्काशन गरेको शेयरमा करिब १५ लाखको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको हो ।यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २३.८४ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ६९ हजार ७२० जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *