नेपालगंज: नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको छ !
उपमहानगरको ४ नम्बर वडा कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ ।
वडा अध्यक्ष गोपाल पुनका अनुसार ऋण स्वरुप सो रकमको चेक हस्तान्तरण गरिएको हो । उहाँका अनुसार सो सेवा लिने सम्पुर्ण वडाबासी सरोकारवालाहरुलाई ऋण र ब्याजको समयमै किस्ता तिरी सो योजनामा जम्मा हुने रकमबाट थप अरु वडाबासीले पनि सेवा पाउने अधिकारलाई सुनिश्चित गरिदिन हुन अनुराेध गरिएको छ ।
स्थानीय तहले आफ्ना वडाबासीलाइ गरिने यस्ता योजनाबाट सानो परिणाममा भए पनि महिला, विपन्न, पिछडिएका र अपेक्षित समुहले लोकतान्त्रिक गणतन्त्रको प्रतिफल पाउने वडा अध्यक्ष पुन ले बताउनुभयो ।