नौबस्ता औधोगिक क्षेत्र निर्माणको कार्य छिट्टै सुरु हुन्छ – मन्त्रि भण्डारी

समाचार

नेपालगंज: बाँके जिल्लाको बैजनाथ गाउँपालिका मा निर्माणाधिन औधोगिक क्षेत्रको निर्माण कार्य छिट्टै सुरु हुने उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रि दामोदर भण्डारीले बताउनु भयो स्थलगत अनुगमन पश्चात प्रभावित स्थानीय हरुको ब्यबस्थापन गरि बाकी रहेको  निर्माणको काम  तिब्र गतिमा हुने मन्त्रि भण्डारीले बताउनुभयो ।

बैजनाथ नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ विघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ विघामा निर्माण कार्य अघि बढाउने भनिएको थियो । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

औधोगिक क्षेत्र निर्माण गर्ने भनिएको केहि ठाउमा सुकुम्बासी बस्ति रहेको र त्यस ठाउलाई सुकुम्बासी हरुलाईनै भोगचलन गर्न दीएर बाकी रहेको जग्गामा  निर्माण कार्य अघि बढाइने तथा औधोगिक क्षेत्र निर्माणको लागि मन्त्रालयमा बजेट पर्याप्त छ। यदि स्थानीय सरकार,संघिय सरकार  ,जनप्रतिनिधि, समाजसेबी, नागरिकसमाज,ब्यबसायी, पत्रकार सबैले सहयोग गरेमा छिट्टै औधोगिक क्षेत्र संचालनमा आउछ मन्त्रि भण्डारी ले भन्नुभयो ।

नौबस्ता औधोगिक क्षेत्र भित्र स्थानीय बासीले १०८ बिघा जग्गाको माग गर्दै पटक पटक निर्माण कर्यमा अबरोध गर्ने गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *