राजनैतिक उच्च तहमा हातेमालो जरुरी- सम्पादकीय

समाचार

फाल्गुन १२

हिन्सा जहिले पनि दुखदायी नै हुन्छ, कुनै अवस्थामा राम्रो मान्न त सकिन्न नै । तर ईतिहासको काल कोठरीमा निरंकुशता फाल्न जरुरी थियो, जहानिया निरंकुशता मायाप्रितीले मागेर पाउने अवस्था थिएन न त दमाहा ठटाएर नै सुन्थे । तत्कालीन समयमा कुनै न कुनै विचारले होस हतियार उठाउन बाध्यता थियो ।

 

यसै बाध्यता अनुरुप खुकुरी काण्ड, बन्चरो काण्ड, छ ईन्ची छप्काउने काण्ड, हवाई जहाज अपहरण काण्ड पनि भएका हुन, जनयुद्धको कारणले संवैधानिक परिवर्तन भएको हो र निरंकुश राजतन्त्र सदाको लागि गएको हो । यसमा लोकतान्त्रिक गणतान्त्रिक सबै विचारले सफलता पाएको हो । श्रेय माओवादी एमाले काङ्ग्रेस तिर जानू स्वाभाविकै हो र मुलुकको राजनीति केही दशक यिनको सहकार्यमा हुनुपर्ने जनताको अनुमति र जनादेश पनि छ ।

 

चुनावमा जनता बांडिए, सबैलाई माया गरे । अब ती राजनैतिक अवस्था र राजतन्त्र फाल्ने जनयुद्धको समर्थनमा विस्तृत शान्ति सम्झौता र सो बमोजिमको संविधान बनेको छ ।

 

वर्तमान परिप्रेक्ष्यमा कुर्सी नपाउदा जमिनमा खाडल खन्ने काम गर्न खोज्नु गलत हुनेछ । जसलाई जस्तो जनाधार र संवैधानिक व्यवस्था छ त्यसैमा चित्त बुझाउन पर्छ । आफू उच्च तहमा नपुगे मुलुककै राजनीति अस्थिर बनाउन खोज्नु अशोभनीय कार्य हो ।

 

वर्तमान प्रधानमन्त्री,पुर्व प्रधानमन्त्री देउवा केपी कमरेड माधव नेपाल देखि बाँकी सबैमा पुरानो तुस रहनु निहुँ खोजी रहनु राजनैतिक कमजोरी हुनेछ । सत्ता र कुर्सीका लागि विचार सिद्धान्त र संवैधानिक धार बाहिर जाने गरि वा संविधान विपरीत बोल्नेसंग मिल्नु, तिनलाई बढावा दिने माहौल बनाउन ख‍ोज्नु गलत प्रवृत्ति हो ।

 

राजनीतिमा अनावश्यक घमण्ड र अरुलाइ तिरस्कार गर्ने प्रवृत्तिले हातेमालो दिगो रहदैन । राजनीतिमा जहिले पनि ईमानदारीता देखिनु पर्छ त्यो कमी गणतन्त्रका पक्षधरहरुमा हुनुहुदैन ! ठुलठुला भ्रष्टाचार र अनियमितता ढाकछोप गर्ने, साना मसिना कुरामा राजनैनिक अस्तित्व छेउमा पुराउने सोँच पनि गलत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *