११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जिफन्ट बाँकेले गर्यो महिलाहरुको स्वास्थ्य चेकजाँच

समाचार

नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको आयोजनामा जिफन्ट बाँकेले आज बिहानै दैनिक ज्यालादारी गर्ने श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ नजिकै रानीतलावमा ज्यालादारीका लागि जम्मा भएका ९८ जना श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच र सेनेटरी प्याड वितरण गरिएको छ ।

जिफन्ट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य पुर्ण केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाँके जिल्ला इन्चार्ज सुमन गिरी श्रेष्ठ, जिल्ला अध्यक्ष कृष्ण बहादुर बुढा, राष्ट्रिय स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन बाँकेका अध्यक्ष राजन शाही, पत्रकार केपी घिमिरेको उपस्थिति रहेको थियो ।

गुर्वाकोट ३ सुर्खेतबाट दैनिक मजदुरी गर्न आएकी देवी सुनारले महिला श्रमिकलाई शोषण गरेको बताइन् । उनका अनुसार काम गर्न लैजाने तर कहिलेकाही अर्को काममा लगाउने गरेको गुनासो गरिन। राजापुर बर्दियाकी निशा सुनारले पनि सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिएर अपमान गरेको बताइन् ।

उक्त कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य केसीले यो अत्यन्तै सकारात्मक काम भएको हुदा जिफन्टले श्रमिक महिलाहरुको बारेमा सधैंभरि बोल्ने बताउनुभयो । जिफन्ट बाँके इन्चार्ज सुमन गिरीले काम गर्ने सिलसिलामा महिला श्रमिकलाई कुनै भेदभाव गरेमा हामीलाई खबर गर्नुहोला हामी कार्यरत स्थलमा नै आएर सहयोग गर्छौ उहाँले बताउनुभयो ।

बाँके जिल्ला अध्यक्ष कृष्ण बुढाले श्रमिक महिलाहरुलाई पुरुष श्रमिकको तुलनामा भेदभाव गरेको थाहा पाएका छौं यसका लागि हामी स्थानीय निकायसंग सहकार्य गर्ने बताउनुभयो । जिफन्ट बाँके सचिव विकास पाठकले सञ्चालन गरेको कार्यक्रममा सुमन गिरी श्रृष्टि श्रेष्ठ, सुनिता तिवारी, विजया लक्ष्मी केसीले श्रमिक महिलाहरुको स्वास्थ्य जाँच गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *