स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलबाट अध्यक्षमा सोनी विजयी

समाचार

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट संयुक्त प्यानलकी दिपीका सोनी निर्वाचित भएकी छिन् ।
संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट अध्यक्ष पदमा निलिमा गिरीलाई ३ मतले विजयी हासिल गरेकी छिन् । अध्यक्ष पदमा दिपीका सोनीले ८१ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी निलीमा गिरीले ७८ मत प्राप्त गरेकी छिन् । अध्यक्ष पदमा २ मत बदर भएको निर्वाचन कमिटीले बताएको छ ।
उक्त नर्सिङ क्याम्पसमा १ सय ६१ जति मत खसेको थियोे । यसपटक तिनवटा संघ/ संगठनले गठबन्धन गरेका थिए ।
संयुक्त प्यानलको टीमबाट दिपिका सोनी अध्यक्ष पदमा र कोषाध्यक्षमा संयुक्त प्यानलकी रेलुसा खत्री निर्वाचित भएकी छिन् । त्यसैगरी सचिव पदमा अनेरास्ववियु कि सचिव देवार्चना अधिकारी निर्वाचित भएकी छिन् । सदस्य पदमा संयुक्त प्यानलकी रश्मि अधिकारी १ जना र अनेरास्ववियुबाट इशा पौडेल र बिनिता बेल्वासे २ जना निर्वाचित भएका छन् । समानुपातिक मतमा भने अनेरास्ववियुलाई १०१ र संयुक्त प्यानलाई ६० मत प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *