ग्यास बोकेको ट्रक दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु

समाचार

नेपालगंज :नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी बजार नजिक बुधबार विहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी दिए। लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन्।मनकामना ग्यास बोकेको ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *