नेपालगंज १८ चैत्र: एन एम बी बैंक लिमिटेड नेपालगंज कारकाँदो शाखाले शनिबार राँझा स्थित आदर्श मा. बी को प्राङ्गणमा निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ।
फत्तेबाल आँखा अस्पताल र बैंकको सहकार्य बीच राखिएको शिबिर बिहान १० बजे देखि दिउसो ४ बजे सम्म संचालक भएको थीयो। एन एम बि बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना , बैंकको कारकाँदो शाखाका शाखा प्रमुख प्रविन श्रेष्ठ र बिडीएम रुचा पोख्रेल तथा बिरेन्द्र चौधरी, दिपक नाग, सुन्दर जी एम, बिर्जु बर्मा को संयोजक्त्व मा भएको शिविरमा दुई सय बढी बिरामीले आँखा चेक जाँच गराएका छन।
बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त आँखा शिबिर संचालन गरिएको बैंकका शाखा प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । यसअघि पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आएको समेत उनले बताए ।
एन एम बि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।