नेपालगंज: पश्चिम नेपालको सर्बाधिक ठुलो निजी तथा शिक्षण अस्पताल नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन नयाँ लगानी कर्ताको नेतृत्वमा गएको छ।
व्यवसायी खुमा अर्यालले थप एकचालीस प्रतिशत शेयर खरिद गरेसँगै उनीसँग जम्मा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको छ।
बिक्रम संबत २०५२ सालमा स्थापना भएको नेपालगंज मेडिकल कलेजमा ब्यवस्थापन तर्फ डा. सुरेश कुमार कनोडिया को वर्चस्व रहेको थियो। एकहजार बढी मानव जनशक्ति लाई रोजगारी दिएको एस मेडिकल कलेजमा बेला बेलामा तलब र सेवासुविधा समयमै नपाएको कारण देखाउँदै आन्दोलन समेत हुने गरेको छ।
नयाँ परिवर्तनले नयाँ योजना र ताजा उत्साह थप्दै सेवा प्रवाहमा सुधार गर्दै अस्पतालका सेवाग्राहीलाई पुरानै लयमा सेवा उपलब्ध गराउन र थप विशिष्ट सेवा संचालन गर्न नयाँ व्यवस्थापन सक्षम रहने, कर्मचारी र व्यवस्थापनबीच विश्वास र संबन्धमा सुधार गर्दै उत्कृष्ट बन्नेमा आशावादी रहेको व्यवस्थापनका कर्मचारीले बताए।