बुटवल : लुम्बिनी प्रदेशसभा सचिवालयले बिजुली प्रयोग गरे बापतको रकम नतिरेपछि नेपाल बिधुत प्राधिकरणले बत्तीको लाइन नै काटिदिएको छ। लामो समयसम्म विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।
‘सात लाख ६३ हजार तीन सय ५० रूपैयाँ विद्युत बक्यौता बापतको रकम तिर्न बाँकी छ’ नेपाल विद्युत प्राधिकरण लमहीका प्रमुख जगन्नाथ लामिछानेले भने।
प्रदेश सरकारले समयमै विद्युत महसुल नतिरेको र बक्यौता तिर्न आनाकानी गरेपछि बत्तीको लाइन काट्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण प्रमुख लामिछानेले बताए।