नेपालगंज : सामाजिक क्षेत्रमा काम गरिरहेको मानवता नेपाल बाँकेको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
मानवता नेपालले गरेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य रहेको छ । बिहान ७ बजेदेखि भएको सरसफाइमा कार्यक्रममा बागेश्वरी मन्दिरमा मानवता नेपालका कार्यसमिति, संस्थापक अध्यक्ष अम्बिका काफ्ले , संस्थापक सचिव कमल बहादुर शाही, आजीवन सदस्यहरु र सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी लगायतको उपस्थिति रहेको थियोे ।
बागेश्वरी मन्दिर परिसरको प्राङ्गणमा, बागेश्वरी मन्दिर पूर्वको गेट नजिकैको पार्कमा सरसफाइ गरिएको संस्थाका सचिव के.पी. घिमिरेले बताए । मानवता नेपाल बाँकेको यहीँ चैत १५ गते भएको साधारणसभा तथा प्रथम अधिबेशनबाट नयाँ कार्यसमिति गठन भएको थियोे।
नयाँ कार्यसमितिमा अध्यक्ष पदमा मधुसूदन अधिकारी, उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिवमा के.पी. घिमिरे, सहसचिवमा ई. नेत्र सापकोटा, कोषाध्यक्षमा खुश्बु श्रीवास्तव लगायतको १३ सदस्यीय कमिटी निर्वाचित भएको थियोे ।