काठमाडौँ :देशको आर्थतंत्रमा सुधार नआए सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने अर्थ मन्त्रालयका सचिव तोयम रायले बताएका छन् । बर्सेनि चालु खर्च बढ्दै गएको तर त्यसलाई धान्न सक्ने गरि सरकारको आम्दानी नहुदा सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने सचिब रायले बताए।
‘अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा खर्च गरिरहेको छ’ यसरि बिकाशमा खर्चिनु पर्ने अरबौ रुपिया सामाजिक सुरक्षा भत्ता को रुपमा बाढ्ने परिपाटीले देश अगाडी बढ्न नसक्ने भन्दै चिन्ता ब्यक्त गरे।
सरकारको आम्दानी बढाउन नीतिगत रुपमै औधगिककारण, र कृषिमा नेपाल आत्मनिर्भर हुनसक्ने गरि काम हुनुपर्छ जसबाट आयात घट्ने र देशमै रोजगारी सिर्जना भइ सरकारपनि समुन्नत हुने जिकिर गरे
सचिव रायले वर्तमान अवस्थामा देशमा राजस्व संकलनको अवस्था जटिल रहेको भन्दै राजस्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने बताए ।