किरण खनाल नेपालगंज: फौजी कीरा प्राय जाडो याममा अन्नबालीमा ब्यापक पाइन्छ । हिउँदे मकैमा यस्ले प्रशस्तै क्षति गरेको देख्न सकिन्छ । यो कीराहरू समूहमा बसेर खाने भएकाले नै यसलाई फौजी कीरा भनिएको हो ।
क्षति
- फौजी कीराका लार्भाले मकैको पात र कलिला डाठहरु खाएर नष्ट गर्दछन् ।
- यिनीहरुले पातको मूल नशा मात्र बाँकी राखेर अरु सबै खाने गर्दछन् ।
- कलिला गुबो तथा डाँठहरुमा पनि यो कीराले क्षति पुर्याउने गर्दछ ।
- फौजी कीराको लार्भाहरु मकैको घोगा भित्र रहेर मकैको दाना पनि खाने गर्दछन् ।
- यस कीराले क्षति गरेको बोटको पात र गुभो भित्र यसको कालो रंगको बिष्टा भेटिन्छन् ।
फौजीकीराको व्यवथापन
-खेतबारी वरीपारीका बैकल्पिक आश्रयदाता लगायतका घाँसपात हटाउने ।
-बालि भित्र्याएपछि गहिरो गरी जोत्नाले माटो भित्र रहेका प्युपाहरु नष्ट हुने गर्दछन् ।
- घुम्ती बाली पद्दति अपनाउने ।
-प्रति बोट १ देखि ३ सानो लार्भा भेटिएमा , तुरुन्ता कीरा नियन्त्रण पद्दति अपनाउने ।
-बत्तिको पासो प्रयोग गरेर यसको वयस्कलाई मार्ने।
-कलिलो मकैको गुभोलाई बाहिरबाट हातले थिचिदिंदा भित्र बसेको लार्भाहरुलाई मार्न सकिन्छ । - जैविक विषादीहरु जस्तै बेसिलस थुरिन्जेन्सस् (bt) २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने ।
-अन्तिम अवस्थामा इमामेक्टिन बेन्जोयड ( योध्दा ) प्रति गणराम २,५ लिटर पानीमा मिसाई बिरुवा भिज्ने गरी प्रकोपको समयमा आवश्यकता अनुसार स्प्रे गर्ने ।