डा बिनोद कर्ण
नेपालगंज: ई- रिक्सा को ब्यवस्थापन गर्छु भन्छन् तर कसरी गर्छु कसैले भन्दैनन्😁😁 नेपालगन्ज मा लगभग ७००० + ( लगभग ८० प्रति बर्ग किलोमिटर ) ई- रिक्सा छन र लगभग सबै बजार र रुपैडिहा केन्द्रित छन जसले बजार क्षेत्र ई- रिक्सामय र भद्रगोल देखिन्छ , यस्को भद्र ब्यवस्थापन अहिले पनि सम्भब छ , तर समयमा गरिएन भने पछि चुनौती निश्चितै छ।लगभग ३०५ ई- रिक्सा (प्रति वडा ) लाइ ब्यवस्थित र वडा मैत्री बनाउन यी उपाय हरु अपनाउदा कस्तो होला :
– केही समयको लागी नया दर्ता मा रोक !- चालक लाइ अनिवार्य अनुमती पत्र को ब्यवस्था
– अनुमतिपत्र लिदा नेपाली नागरिक को हकमा नागरिकता अनिवार्य र बिदेशी नागरिक को हकमा आधार कार्ड सिफारिस पत्र सहित ( भारतिय ) पासपोर्ट ( तेस्रो देसको नागरिक ) अनिवार्य गर्ने ( यसले गरी खान पाउनु पर्छ् भन्ने बुझाइ लाइ कायमै राख्छ )
– १८ बर्ष भन्दा मुन्तिर का ६५ बर्ष काटेका लाइ अनुमतिपत्र मा प्रतिबन्ध !!
– उप महानगर का २३ वटै वडा र जोडिएका अन्य स्थानीय तह को भूगोललाइ मद्धेनजर गरी ६ देखि ८ वटा ई रिक्सा जोन मा बिभाजन गर्ने !
– हरेक जोनमा चार्जिङ गर्ने सुबिधा र स्वच्छ खानेपानी सहित को पार्किङ स्थलहरु को ब्यवस्था गर्ने
– जोन पहिचान को लागी जोन हरुलाइ विभिन्न रङ मा बिभाजन गर्ने र जोन को रङ अनुसार उक्त जोनको रिक्सा को छत को कलर पनि अनिवार्य गर्ने !
– हरेक जोन का रिक्सा हरेक जोनमा सवारी लिएर जान पाउने तर खाली रिक्सा आफ्नै जोन मा पार्क गर्ने अरुको जोनमा पार्क गर्न नपाउने ( यसले हरेक वडामा रिक्सा को उपलब्धतामा सहजता हुने र बजार क्षेत्रमा अनावश्यक ई रिक्सा को भीड र दुर्घटनामा न्यूनीकरण हुने )
– दुरी अनुसारको बैज्ञानिक भाडा दर कायम गर्ने- आ-आफ्नो जोन मा उ प म न ले उपलब्ध गराएको पार्किङ स्थलमा मात्र खाली रिक्सा पार्क गर्न पाउने , जथाभावी पार्किङ मा पहिला नसिहत दिने अटेर गरेमा ट्राफिक कक्षा सहितको जरीवाना लगाउने !!
– चालक लाइ अनिवार्य ट्राफिक नियम को तालिमको ब्यवस्था गराउने !!
– अहिले तत्काल सन्भव नभए कालन्तर मा रिक्सा लेन को ब्यवस्थापन गर्ने।माथि उल्लेखित हरु तेति सजिलो नभएनि असम्भव चइ छैन होलान् !!