नेपालगन्ज : राष्ट्रिय युवा संघ इलामले साेमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाकाे सम्झनामा शाेकसभा समेत आयोजना गरेका छन् । धम्वाेझीचाेकमा आयोजना गरिएको शाेकसभामा बाेल्ने बक्ताहरुले सहिद वान्तवाकाे याेगदानकाे व्यक्तित्वकाे चर्चा गरेका थिए ।बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै उनले तीन तहको निर्वाचनपछि देशले कोल्टे फेर्ने दावी गरे। नेता नेम्वाङले संविधान कार्यान्वयनको चरणमा रहेकाले जस्तोसुकै चुनौती देखापरे पनि कार्यान्वयन भइछाड्ने बताए।
वान्तवाले सुरु गरेको आन्दोलन समाप्त नभएकाले यसलाई अघि बढाउने उल्लेख गरे । उनिहरुले रत्न बान्तवाबाट निष्ठाको पाठ सिकेर अघि बढ्न आग्रह गरे। सभामा युवा संघ मानव अधिकार बिभाग प्रमुख सुनिता कार्की ओली,प्रदेस संयोजक अनिता कन्दङ्वा सह- संयोजक ज्ञानु दहाल, ईलाम जिल्ला अध्यक्ष मोहन दोर्जे कागते लगायतकाे सहभागिता थियाे ।
२००८ साल चैत्र २७ गते जन्मिएका रत्नकुमार बान्तवालाई २०३५ साल चैत्र २७ गतेकै दिन तत्कालिन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो भने बमप्रसाद बान्तवालाई २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो।रत्नकुमार वान्तवाको हत्या गरिएको ३७ बर्षपछि २०७२ सालमा सरकारले सहिद घोषणा गरेको थियो।