शान्ति सुनार नेपालगंज: चैत २७ गतेबाट नेपालगन्ज मा सुरु भएको संचारकर्मिलाई १० दिने क्षमता अभिबृर्दी तालिम आज सम्पन्न भएको छ ।
आन्तरिक मामिला तथा सहकारी मन्त्रलय को आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसन नेपाल को आयोजना मा सम्पन्न भएको कार्यक्रम मा बिरमी चन्द्र फाउन्डेसन का अध्यक्ष डा. डक्ट धिताल को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम का प्रमुख अतिथि लुम्बिनी प्रदेश संम्सद कृष्णा के सि ले कार्यक्रम मा बोल्दै पत्रकार राज्य को चौथो अङ्ग को रुपमा रहेका ले संबेदनसिल भएर यस तर्फ लाग्न आग्रह गर्नु भएको छ । जस्तोसुकै युद्ध पनि कलम र आवाज ले जित्न सक्ने भएकाले दबिएर रहेका आवाज हरु लाई बुलन्द गर्न, समाज प्रती सहि मार्गदर्शन गर्न र हरेक समस्या हरुलाई समाधान तर्फ लैजान पत्रकार ले अहम भुमिका निवाह गर्ने बताउनु भएको छ । आधुनिक जमना सङ्गसङ्गै विभिन्न प्रबिधी हरु को प्रयोग गरि लेखन शैली मा सुदृढ गर्दै अगाडी बढ्न शुभकामना दिनु भयो । यस्तै कार्यक्रम मा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश का उपाध्यक्ष शुक्ररिषी चौलागाईं पत्रकार महासंघ बाके का अध्यक्ष दामोदर भण्डारी नेपाल आदिवासी जनजाति पत्रकार संघ फनिज का अध्यक्ष गजेन्द्र गुरुङ लगाएत अन्य व्यक्तित्व। हरु को उपस्थिति रहेको थियो ।
यस्तै तालिम को मुख्य प्रशिक्षक को रुप मा हेमन्त कर्माचार्य रहनु भएको थियोे भने अन्य प्रशिक्षक हरु मा गोबिन्द पाण्डे ,डिल्ली बि सि , शंकर खलान , सिराज खान ,कुल बहादुर भन्डारी , आलाम खान , शिव डोटेल, बिजय बर्मा रहनु भएको थियोे। तालिम मा विभिन्न संचार माध्यम मा आवद्ध ४० जना सहभागी हरु को सहभागिता रहेको थियो प्रशिक्षक लाई प्रासंशा पत्र र परिक्षार्थि हरु लाई प्रमाणपत्र वितरण पनि गरिएको थियो। कार्यक्रम को संचालन बिरमी चन्द्र फाउन्डेसन का सचीव प्रेम बहादुर नेपाली ले गर्नु भएको थियो !