गगन पाैडेल नेपालगंज: उप-निर्वाचनको पूर्व सन्ध्यामा भएका आमसभाको दृश्य नेताहरुले हेर्न लाएक भन्दापनि जनताको गाली खान लायक बनाए। चितवन, तनहुँ र बारा जिल्लामा यही वैशाख दस गते उपनिर्वाचन हुँदै छ।
मुख्य तीन दल प्रतिस्प्रधी देखिएका छन भने अन्य दलले पनि निर्वाचनमा भाग लिएका छन निर्बाचन आचार संहिता २०७८ को धज्जी उडाउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले तनहुँमा गठबंधनका उम्मेदवार लाई भोट हाल्नुस मन्त्री बनाउँछु भन्दै भाषण गरे ।
निर्बाचन आचारसंहिता २०७८ परिच्छेद ३ को क मा नेपाल सरकार, मन्त्री, प्रदेश मन्त्री, लगायतका व्यक्ति हरु कुनै पनि राजनीतिक दल वा प्रतिनिधि को पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने स्पष्ट व्यवस्था गरेको छ।
त्यस्तै चितवनको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो क्षेत्रका गठबंधन उम्मेदवार लाई पनि शेर बहादुर देउवा ले सिफारिश गर्ने र आफूले मन्त्री बनाउने भन्दै भाषण गरे। निर्वाचनको मुखैमा बहाल वाला प्रधानमन्त्री को यस्तो भाषणबाजी ले देशमा कति सुशासन छ भन्ने सबै जनताले अनुभव गर्न पाए।