मानवता नेपाल बाँके द्वारा जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

समाचार

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय हस्तान्तरण गरिएको हो । मानवता नेपाल बाँकेका आजीवन सदस्य राम मनोज कायस्थको जन्मदिनको अवसरमा उक्त नगद हस्तान्तरण गरिएको हो । होटलमा गएर फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा गरिब दिन दु:खीहरुलाई सहयोग गर्नु राम्रो हुने सोचेर अर्थिक सहयोग गरेको कायस्थले बताउनुभयो ।

मानवता नेपाल बाँकेका सचिव के.पी. घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी क्षेष्ठको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य माननीय अम्बिका काफ्ले, उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जका शाखा अधिकृत कुल बहादुर भण्डारी, जनजाति कल्याण आश्रमकि अध्यक्ष कृष्णा देवी पाण्डे, हिन्दु स्वयंसेवक संघको सदस्य सम्बाहक प्रमुख विपुल दाहाल, बाल क्लब सञ्जाल बाँकेका अध्यक्ष बिबेक शर्मा, बिना काफ्ले, मानवता नेपालका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको हो ।

उक्त आश्रम देशभर १२ ठाउँमा सञ्चालन रहेको र नेपालगन्ज आश्रममा ६ वटा जिल्लाका विद्यार्थीहरु रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । कार्यक्रममा जन्मदिनको केक काटेर खुसी साटासाट समेत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *