पशुपति उपाध्याय रुपन्देही: पूर्व गृहमन्त्रि बालकृष्ण खाँणको निर्बाचन क्षेत्र समेत रहेको रुपन्देही जिल्ला तिलोतमा नगरपालिका मणिग्राम चोकमा भ्रष्टाचार बिरुद्ध युवाहरुले प्रदर्शन गरेका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा खाँण पक्राउ भइ प्रहरी हिरासतमा छन।
पूर्व गृहमन्त्री र गृह सचिब जस्ता व्यक्ति रास्ट्रको उच्च ओहोदामा बसेर एस्तो ठुलो अपराधमा संलग्न भएको तथा निस्पक्ष छानबिन हुनेमा संका रहेको भन्दै मणिग्राम छेत्रका युबाहरु प्रदर्शनमा उत्रियका हुन।
राजनीतिक प्रशयका आधारमा अपराधीले उन्मुक्ति नपाउन, राजनैतिक भ्रष्टाचार बिरुद्ध एक जुट हौ जस्ता लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमाले नेता टोपबहादुर रायमाझी अदालतले पक्राउ पुर्जी को आदेश दिएपछि हालसम्म फरार भएका छन