पत्रकारितामा विद्या वारिधी गरेका डा. धिताललाई मानवता नेपाल बाँकेद्वारा सम्मान

समाचार

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मानवता नेपाल बाँकेले पत्रकारिता विषयमा विद्या वारिधी गरेका प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष डा. डक्ट प्रसाद धितातलाई सम्मान गरेको छ ।

शुक्रबार मानवता नेपाल बाँकेले आफ्नो कार्यालयमा बोलाएर भारतको मेघालयबाट विद्या वारिधी गरेका धितातलाई सम्मान गरेको उक्त संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो ।

डा. धितालले समाजमा पत्रकारिताको माध्यमबाट समाज सुधारको बाटो, आफ्नै संघसंस्थाबाट थुप्रै मानवीय कार्य गरेको हुदा उहाँको उक्त खुसीयालीमा सम्मान गरिएको बताइएको छ । मानवता नेपाल बाँकेका सचिव केपी घिमिरेको अनुसार धिताल मानवता नेपाल बाँकेको आजीवन सदस्य समेत भएको बताउनुभयो । उक्त कार्यक्रममा मानवता नेपाल बाँकेको प्रथम अधिबेशन गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको प्रमुख निर्वाचन अधिकृत कुल बहादुर भण्डारी र आजीवन सदस्य गोर प्रसाद उपाध्ययलाई पनि सम्मान गरेको सचिव घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *