काठमाडौँ : सरकारले भूकम्पमा परि घरबारविहीन भएका हरुलाई अस्थाई आवास निर्माणका लागि राहत अनुदान प्रदान गर्ने भएको छ। भूकम्प बाट घरबारविहीन भएका पिडितलाई रकम प्रदान गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको अद्क्ष्यतामा बसेको विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन कार्यकारी समितिको १७ औ बैठकबाट प्रति घर पचास हजार उपलब्ध गराउने २०७८ जेठ को निर्णय लाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
बि स २०७८ जेठ एता भूकम्पमा परि पूर्ण रुपमा क्षति भएका घरपरिवारलाई आवास निर्माणको लागि अनुदान दिने निर्णय भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ। बि.स २०७८ जेठ एता देशभरी करिब पाँच हजार नौ सय घर पूर्णरुपमा क्षति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।