म्याद थप गर्न टोपबहादुर लाई अदालत पेस गरिदै

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदै छ अदालतको पक्राउ पुर्जी जारी भए पश्चात फरार रहेका रायमाझीलाई प्रहरीले हिजो राति बुढानिलकण्ठ बाट पक्राउ गरेको हो उनलाई थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान अगाडी बढाउने काठमाडौँ प्रहरी परिसर ले जानकारी दीएको छ

भुटानी शरणार्थी प्रकरणमा एस अघि उनै रायमाझीका छोरा, पूर्व गृहमन्त्री बालकृष्ण खाड,पूर्व ग्रह सचिब लगाएतका मानिस पक्राउ परिसकेका छन रायमाझीलाई एस प्रकरणमा नीतिगत तहमा निर्णय गर्ने र सोहि निर्णय अनुसार भुटानी नै नभएका नेपाली हरुलाई दस लाख देखि पचास लाख रुपैया प्रतिव्यक्ति लीएर शरणार्थी बनाई अमेरिका पठाउने गरेको आरोप लागेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *