नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न

समाचार

आबेस पाैडेल काठमाण्डौ: नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।

शनिबार सम्पन्न संघको दोश्रो केन्द्रीय महाधिवेशनले भवानी पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा ३ जना पदेन सदस्यसहित २० सदस्यीय कार्यसमिति बनेको छ । उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट नेपाल डोरीतान संघको केन्द्रीय समितिमा एक जना अध्यक्ष्य, ५ जना उपाध्यक्ष, एक जना महासचिव,एक जना सचिव, एक जना कोषाध्यक्ष र ११ जना केन्द्रीय सदस्य चयन भएका छन् ।अध्यक्ष भवानी पौडेल, सूर्यबहादुर भट्टराई, सुभाव पोख्रेल, राजकुमार आचार्य, भुवनलाल श्रेष्ठ, सैलेज नेपाल उपाध्यक्ष, विमल पौडेल महासचिव, भिनाराज वेल्वासे सचिव, शिव शैजु कोषाध्यक्ष रहेका छन् । केशव ओली, भुवन चक्र जोशी, निश्चलराज शाक्य, आनन्द कुमार यादव, त्रिसना हमाल, नवराज खरेल निर्वाचित भएका छन् । भुवनेश्वोरी पन्त गडेरिया र मनोरथ कुमार शाह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् भने रीता न्यौपाने, प्रभु नारायण शिवाकोटी र नयन सिंह खत्री पदेन सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *