लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा अर्याल

समाचार


बुटवल । लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको अध्यक्षमा दिपक अर्याल चयन भएका छन् । बर्ष २०२३÷२४ का लागि अर्याल अध्यक्षमा चयन भएका हुन् । समाजमा रहेर जनसेवाभावमा रहेर सहयोगापेक्ष काम गर्ने उद्देश्यले खोलिएको लायन्स क्लवले हालसम्म दृष्टि, मधुमेह, रक्तदान, असाहय खाना व्यवस्थापन र वातावरणिय संरक्षण जस्ता काम गर्दै आएको छ । संस्था स्थापनाको छोटो समयमै क्लवले समाजमा प्रत्यक्ष प्रभाव पार्नेगरी काम गरेको छ ।

क्वलले गरिव तथा जेहेन्दार छात्रछात्राहरुका लागि छात्रवृद्धि कोष, रगत अभावका कारण कोही कसैले अकालका ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवसँग पनि जोडिने सहयोगलाई पटकपटक रक्तादान कार्यक्रम, पशुपंक्षीलाई संरक्षणमा छाडा चौपाया तथा जंगली बाँदर लगायतलाई सिद्धबाबामा गएर आहार प्रदान, संस्थामा आवद्ध सदस्यहरुलाई समाजमा सेवाभावमा लाग्न प्रेरित गर्नुको साथै उनिहरुको व्यक्तित्व तथा नेतृत्व विकासको लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।

यसैसंस्थाका संस्थापक अध्यक्ष लायन पशुपती उपाध्यायले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी को बर्ष २०२३÷२४ को लागि जोन चियर पर्सन भएकोमा लायन उपाध्यायलाई सम्मान समेत गरिएको थियो । लायन्स क्लवको नयाँ कार्यसमितिको उपाध्यक्ष द्धय सन्तोष पुरी, चिरञ्जिवी गैरे, सचिवमा सुरज लामिछाने र कोषध्यक्ष जीवन ज्ञवाली लगायत विभिन्न पदमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *