हरियाली शेयर बजार दुई अर्ब नजिक कारोबार हुदा नेप्सेमा २५ अंकको बृदी

समाचार

काठमाडौं : सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेर ३६५.०९ विन्दुमा पुगेको छ। आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १७ अंकले ओरालो लागेको थियो।  सो दिन १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।यसदिन न्यादी हाइड्रोपावरको ९.८५ र सनराइज फोकस्ड इक्विटी फन्डको ९.२४ प्रतिशतले सेयर बढ्यो। यस्तै सोल्टी होटलको ८.७५ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो होटलको  ९ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। शिवम् सिमेन्टको ९ करोड १७  लाख र अपर तामाकोशी हाइड्रोपावरको ८करोड बढिको सेयर कारोबार भयो।कारोबारमा आएका १३ वटै उपसमूहमा हरियाली छाएको छ। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक  ५.६७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको उपसमूहको सूचक  ४.६४ प्रतिशतले बढ्यो। आज १८५ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *