गगन पौडेल नेपालगंज: आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण संगै सरकारले आलु प्याज लगाएतका तरकारी हरुमा समेत भ्याट लगाउने निर्णय गरेर नागरिकलाई दैनिक उपभोग्य खाद्यबस्तु मा कर थप्दै गर्दा मानब स्वास्थ्यमा दिर्घकालिन नकारात्मक असर गर्ने खैनी, चुरोट, सुर्ती जस्ता अखाध्य बस्तुमा कर लगाउन नीकै कन्जुस्याइँ गरेको छ।
बिगतका केहि बर्षहरुमा मात्रै हेर्ने हो भने पनि औसतमा हरेक बर्ष दस प्रतिशत कर बृदी भएको देखिन्छ तर यस बर्षको बजेटमा भने तिन प्रतिशत मात्र कर बृदी गरिएको छ।
बिश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य बस्तुको बिक्रि मुल्यको ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड रहेको छ। सुर्तीजन्य र मदिराजन्य बस्तुहरुमा कर बृदी गर्दा उपभोक्ता घट्ने हुदा मानब स्वास्थ्यमा एसको नकारात्मक प्रभाब समेत घटने, स्वस्थ समाज निर्माणमा समेत टेवा पुग्ने विज्ञहरुको भनाइ रहेको छ।
दक्षिण एसियामा रहेका मुलुक मध्ये बंगलादेश ले सबैभन्दा धेरै ७१ प्रतिशत सम्म कर लगाएको छ, तेस्तै माल्दिभ्सले ६९ प्रतिशत,श्रीलंकाले ६६ प्रतिशत,पाकिस्तानले ५६ प्रतिशत,भारतले ५४ प्रतिशत र नेपालले जम्मा ३३ प्रतिशत कर लगाउने गरेका छन ।