गगन पौडेल काठमाडौँ : प्रतिबंधित अनलाइन सट्टेबाजी वान एक्स बेट को प्रचार प्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँ बाट आठ जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ, पवन खतिवडा, अलिश राई, राजु पौडेल, गणेश देवकोटा, जलन घर्तिमगर, बेगम नेपाली र सरोज घिमिरे रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
हाल विभिन्न अनलाइन माध्यमहरुबाट ठगि प्रकरण भैरहेको तथा नेपालमा कुनैपनि सट्टेबाजी गर्ने गेम हरुको प्रचारप्रसार गर्न प्रतिबन्द लगाएको थाहा हुदा हुदै उनीहरुले आफ्नो भिडियो मार्फत वान एक्स बेट मा गेम हरुमा रकम लगाउन प्रेरित गरेको आरोप प्रहरीले लगाएको छ।