भारतीय तरकारीलाई प्रोत्सान, स्थानीयलाई दुरुत्सानको नियती व्यहोर्दै किसान

समाचार

आबेश पौडेल दाङ: दाङका एक किसानले लगाएको बन्दा विक्रि नभएर बारीमै सुक्न थालेपछि वस्तुभाउलाई चरण गराएका छन् । दैनिक नागरिकका भान्सामा पाक्ने तरकारी स्थानीय किसानले गरेको कृषिले बजार नपाएपछि अन्ततः निराश हुँदै वस्तुभाउलाई चराउनुपर्ने बाध्यता छरपष्ट देख्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै रहन पुग्यो । १७ कठ्ठामा लगाएको बन्दा गोभी एउटा पनि बिक्री नभएपछि उनले गाई, बाख्रालाई खुवाउनुको भन्दा विकल्प रहेन ।

उनले बन्दा खेती गर्न लागेको १० वर्ष भन्दा बढि भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यसवर्ष हौसिएर उनले १७ कठ्ठामा खेती गरेका थिए । उनि भन्छन्, गतवर्ष राम्रै माग भएको थियो । बिक्री पनि राम्रै भएको थियो, त्यही भएर मैले यसवर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ । गएको वर्ष उनले १० कठ्ठामा मात्रै बन्दा खेती गरेको बताए ।

भारतबाट आउने तरकारीले गर्दा स्थानीय किसानहरुले लगाएको बन्दा बिक्री हुन छोडेको किसानहरुले बताएका छन् । तर उनीहरु भन्छन्, भारतबाट आईहाल्छ ’उनले भने‘ त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन । त्यस्तै सोही ठाउँका किसान डम्बर कुमारी खत्री पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन भक्कानिने बताईन् । कृषि प्रधानदेशमा किसानले लगाएको तरकारीनै बिक्री नहुनुले मुलुक कता जाँदैछ, भन्ने चिन्ताले पिरोल्ने गरेको पीडा सुनाउँछन्। गतवर्ष ब्यापारीहरु बारीमा लिन आउने गरेको भएपनि यसवर्ष किन्न समेत नमान्ने गरेको किसान डाँगीको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *