नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न गरेको छ। डान १ का १६ जना, डान २ का ४ जना,र डान ३ का ४ जना गरि जम्मा २४ जना खलाडी हरुको सहभागिता रहेको थीयो ।
नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष नरेन्द्र बहादुर वलीको अध्यक्षता, बाँके जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष सन्दिप जंग शाहको प्रमुख आथित्यता, विशिष्ट आथिति लुम्बिनी प्रदेश खेलकुद बिकाश समिति सरोज राई, नेपाल आई टी एफ महासंघ केन्द्रीय सदस्य निर सारु मगर, नेपाल आई टी एफ महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रितमान कामु मगर ,नेपाल आई टी एफ महासंघ लुम्बिनी प्रदेश का रेफ्री चेयर म्यान कृष्ण थापा, आथिति नेपाल आई टी एफ महासंघ लुम्बिनी प्रदेश सदस्य सगुन घर्ति मगर छेत्री, नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका पूर्व अध्यक्ष आकाश बर्मा, रंजित गिरि, नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका विशिष्ट सल्लाहकार प्रेम बहादुर भण्डारी, तेस्तै अन्य आथिति भद्र बहादुर वली, गोपाल रेग्मी, किरण यादब, बेद बहादुर बिष्ट, नर बहादुर घर्ति मगर, बिजय पोख्रेल र जानकी सुबेदी को उपस्थित्ति रहेको थीयो ।
समापन कार्यक्रममा बोल्दै बाँके जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष सन्दिप जंग शाहले आफ्नो कार्यकाल भित्रै बाँके जिल्लामा खेलकुदको नाममा हुने आर्थिक, तथा नीतिगत भ्रस्टाचार जरै देखि अन्त्य गर्ने तथा खेलकुदका नाममा भएका र हुने गरेका गुट उपगुट हरुको पूर्ण रुपमा अन्त्य हुने कुरामा विश्वस्थ रहन सम्पूर्ण बिकाश समिति, कमिटि तथा खेलाडी हरुलाई आग्रह गर्नुभयो ।
नेपालगंज स्थित मेरो प्लानेट मा भएको उक्त कालो पेटी १,२,३,डान ग्रेडिंग कार्यक्रममा ग्रेडिंग पश्चात आयोजक नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा खेलाडीहरुलाई खाना तथा स्विमिंग को समेत ब्यबस्था गरेको नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष नरेन्द्र बहादुर वलीले बताउनुभयो ।