बिधुत अनियमितता बिरुद्ध ३ दिने अल्टिमेटम

समाचार

नेपालगंज: नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको लापरबाही बिरुद्ध नागरिक हरुले नेपालगंज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउदै वितरण केन्द्र घेराउ गरेका हुन।

अत्याधिक गर्मि हुने ठाउँ नेपालगंजमा एसरी बिधुत अनियमित हुदा जनजीबन अति प्रभावित भएको भन्दै गत जेठ ११ गते पनि ज्ञापन पत्र बुझाएको भएतापनि सुनुवाई नगरेको भन्दै उपस्थित नागरिक हरुले बिधुत प्राधिकरण बिरुद्ध चर्को नाराबाजी गरेका हुन।

बिधुत लाइन काट्न पाइदैन, बिधुत अनियमितता कहिलेसम्म?, गफ होइन बिधुत देउ, जनता सधै गर्मीमा बिधुतका कर्मचारी एसीमा जस्ता प्लेकार्ड बोकेर बितरण केन्द्र घेराउमा उपस्थित स्थानीयवासीले कार्यालय अगाडी बाटोमै सुतेर बिरोध पर्दर्शन गरेका हुन।

बास नेपाल ले सहजीकरण गरेको वितरण केन्द्र घेराउ तथा बिरोध कार्यक्रममा बोल्ने बक्ताहरुले ४० डिग्रीको गर्मीमा एसरी बत्ति अनियमित हुनु बिधुत प्राधिकरणको हेलचेक्र्याइँ भएको भन्दै कि त बिधुत नियमित देउ की लोडसेडिङ तालिका देउ भनेर आक्रोश ब्यक्त गरेका थीए।

ज्ञापन पत्र बुझाउदै बिधुत अनियमित हुनुको कारण सम्पूर्ण आम उपभोक्तालाई थाहा हुनेगरी संचारमाध्यम बाट प्रसारण गर्न, बिधुत अनियमितता बिरुद्ध वितरण केन्द्रले गर्नसक्ने काम सार्बजनिक गर्ने तथा बिधुत अनियमित हुने कारण र समाधान को लागि लाग्ने समय समेत सार्बजनिक रुपमा आम उपभोक्ताले थाहा पाउने गरि सार्बजनिक गर्न माग गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *