भोलिदेखि काठमाडौँ मा भारतीय चलचित्र पर्दर्शनमा रोक

समाचार

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष ‘ मा सिता माता लाई ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा समेत सच्याउन समय दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले आफ्नो फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । तथा सो सम्बन्धि लिखित रुपमा सूचना तथा संचार मन्त्रालय मा पत्राचार समेत गरेका थीए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् ।

चलचित्र प्रदर्शन रोक्न सबै हल संचालक हरुलाई जानकारी गरिसकिएको महानगरपालिका सचिवालयले जनाएको छ । जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यस भारतमा समेत नहटइए सम्म काठमाडौँ महानगरपालिका ३२ वटै वडाका १७ वटा हलहरुलाई कुनैपनि भारतीय चलचित्र प्रदर्शन नगर्न मेयर शाहाले निर्देशन दिएका हुन ।

उनले आफ्नो इस्टाटस मा प्रस्ट पार्दै थपेका छन ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ । ’

आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *