विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् ।बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।
काठमाडौँबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौ फर्किएका छन् ।विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरल्यान्सको जहाजबाट सवा ३ बजे काठमाडौ फर्किएका हुन् । उनीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानमै काठमाडौं फर्किएका छन् ।
प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएको टोलीका अन्य सदस्य भने हेलिकप्टरमा नै काठमाडौँ फर्किएका छन् ।