बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ ११ औं बोर्ड तथा जनरल बैठक विहिबार बुटवलमा सम्पन्न भएको छ । लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा बर्षभरी गरेका सामाजिक क्रियाकलाप, आगामी बर्ष २०२३/०२४ को पद हस्तान्तरण र बार्षिक आयव्यय एवं प्रगति विवरण जस्ता बिषयमा समीक्षा गरिएको थियो । बैठकमा आएका बिषयहरुमा सहभागी क्लबका संस्थापक अध्यक्ष लायन कमल थापा (क्षत्री), पूर्व अध्यक्षहरु भुपेन्द्र वहादुर थापा क्षत्री (हरी ), सन्तोषमान श्रेष्ठ र लक्ष्मण कुँवर लगायतले विगतमा भएका कमिकमजोरी र आगामी दिनमा सुधार गर्नुपर्ने सुझाबहरु दिएका थिए ।
क्लबले सामाजिक सेवाभाबलाई टेवा पुर्याउन थप अब्बल स्थानमा लैजानको लागि कार्यसमिति सहित सदस्यहरु समेत सक्रिय रुपमा लाग्नुपर्ने सहभागीहरुको जोड थियो । साथै कार्यकालको अन्तिम समयमा क्लबका अध्यक्ष गौतमले गुल्मीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गरेको ड्रेस वितरणले क्लबको नामलाई अझ उचाईमा पुर्याएकाले आगामी नयाँ नेतृत्वले थप उदाहरणीय काम गर्न आग्रह गरेका थिए ।
यसभन्दा अगाडि २६ जना सदस्यीय रहेको क्लबमा थप ३ जना नयाँ सदस्यीय थपिएसँगै २९ जना पुगेका छन्। संस्थापक सदस्य कृष्ण प्रसाद पछाईले स्वागत मन्तव्य राख्दै क्लबलाई समाजको एउटा सहयोगी ऐनाको रुपमा देखाउनुपर्ने बताएका थिए । साथै बैठकले बर्ष २०२३/०२४ का लागि पद हस्तान्तरण कार्यक्रम असार १५ गते गर्ने निर्णय गरेको छ भने क्लबको प्रेस सल्लाहकारमा नारायण वलीलाई नियुक्ति गरिएको छ । धन्यवाद ज्ञापन क्लबका प्रथम उपाध्यक्ष थानेश्वर अर्यालले गरेका थिए ।