करिब २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद

समाचार

बाँके। जिल्ला प्रहरी कर्यालय बाँकेको टोलिले भन्सार छली गरेर ल्याउदै गरेको करिब २२ लाख बराबरको अबैध समान बरामद गरेको छ।


जानकी गाउँपलिका वडा नं. ३ स्थित नेपालगंज गुलरिया सडकखण्डमा अबैध भन्सार छलिको सामान ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगर पालिका वडा न. ६ बस्ने कुशल भट्टराईले चलाएको भे १ च ३९५१ नम्बरको बोलेरो गाडिमा लोड भएको अवस्थामा अबैध भन्सार छलिको माल सामान बरामद गरी आवश्यक कारवाहीको लागि उक्त सवारी चालक र सवारी सहित नेपालगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ।

बरामद भएका सामान हरु

१) LG Air Conditioner थान -२
२) भे.१. च ३९५१ नम्बरको बोलेरो गाडि थान- १
३) डि.पि. स्विच ४५ डब्बा
४) स्विच सकेट ३६० डब्बा
५) स्विपर ब्राउजर २७ पिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *