प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

समाचार

बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो ।

यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह, बुटवल र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरि ६ वटा समूहको सहभागिता रहेको थियो । खेल आर्चरीको कोच भगत गुरुङले खेलाएका थिए ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रवहादुर क्षत्री (हरी)को अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले यो धनुषको प्रयोग विगतका ठूला युद्धमा समेत प्रयोग भएको ईतिहास सुनाउँदै लुम्बिनी प्रदेशमा यसलाई स्थापित गरि आगामी १० औं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जेठ १४ गतेबाट प्रशिक्षण शुरु गरिएको आर्चरीमा नयाँ ५ जना खेलाडी उत्पादन गरेको छ । नयाँ ५ जनासहित अन्य १९ जना खेलाडीहरुको सहभागीता रहेको थियो। नयाँ खेलाडी डोमल बराल दीपनगर, केनन राना र अभिष गिरीले पहिलो चरणमा धनुष तान्दा रमाइलो र खुसी लाग्यो । उनले भने यो खेलले मानसिक सँगै शाररीक व्यायाम हुने बताए ।

३० मिटर दूरीबाट तिर हान्ने प्रतियोगितामा प्रथम उपाधि सैनामैनाले हात पारेको छ । जसले २० हजार, मेडलसहित प्रमाणपत्रले पुरस्कृत भएको छ । दोस्रो १० देवदह पहिलो समूहले १० हजार, मेडल, प्रमाणपत्र र तेस्रो नवलपरासी बर्दघाट सुस्ता पश्चिमले ५ हजार मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *