नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा सरसफाई कार्यक्रम सम्पन्न

समाचार

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा नेपालगन्ज उप-महानगरपालिका वार्ड नं १८ को सुर्खेत रोड, कारकादो चोक देखि भाट भटेनी सम्म सरसफाई कार्यक्रम समपन्न गरेको छ।

‘स्वास्थ्य का लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा का साथ स्थापना गरिएको नेपाल आई टी एफ तेक्वान्दो संघले बेला बेलामा यस्ता कार्यक्रम गर्दै आइरहेको छ।नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके का अध्यक्ष नरेन्द्र बहादुर वली को अध्यक्षता वडा नं १८ का वडा सदस्य दिग विजय ढुंगाना, कर्मचारी मनोज रिजाल, नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका पूर्व जिल्ला अध्यक्षद्वय आकाश कुमार बर्मा, रन्जित गिरि नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका सचिव जगदीश भट्ट, लुम्बिनी प्रदेश आई टी एफ टुर्नामेन्ट डाइरेक्टर सलमान राई, नेपालगन्ज रङ्गशाला डोजाङ प्रमुख भागीराम थारु, कारकादो डोजाङ प्रमुख किरण यादव, भुजाई गाउँ डोजाङ प्रमुख रोहित क्षेत्री लगायत ६० बढी खेलाडी हरुको उपस्थिति रहेको थियो।

सरसफाइ कार्यक्रमलाई वडा कार्यालय ले ब्यानर तथा चौलानी बुक्स तथा स्टेशनरी का संचालक मोहन बहादुर चन्द र समाजसेवी सैलु बिहारी ले सरसफाइ कार्यक्रममा संलग्न खेलाडी हरुलाई चिया नास्ता को ब्यबस्था गरेका थिए।

सरसफाइ पश्चात समापन कार्यक्रममा बोल्दै नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष वलीले सहर सफा सुन्दर राख्नु हरेक नागरिकको कर्तव्य भएको हुँदा बिना कुनै स्वार्थ आफू वरिपरि रहेको वातावरण सफा गर्न सबैलाई आवह्वान गर्दै खेलाडी हरुलाई यसको नेतृत्व गर्न सुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *