बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा परे के हुन्छ ?
नेपालगंज । हिजो आज बैंकिंग कसुरका घटना छ्याप छ्याप्ती देख्न र सुन्न पाइन्छ। कानुनी प्राबधान कडा हुदा हुदै पनी नियामक निकायको कमजोरीको कारण कसुरका घटना दिन प्रतिदिन बढिरहेका छन।
नागरिकका गुनासा धेरै आएपछी हाल नेपाल राष्ट्र बैंक बैंकिंग कसुरको मामलामा नीकै कठोर बन्दै गइ रहेको छ। बैंकिंग कसुर तथा सजाय ऐन २०६४ अनुसार बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राअखेको व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न नपाउने भएका छन् । कही समय अघि मात्रै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यो व्यवस्था लाई कडाइ का रुपमा लागु गर्न निर्देशन गरेको हो ।
हालको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे/नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपमा सूचना लिनुपर्ने व्यव्रस्था गरेको छ । फेरि सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
‘इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ एकीकृत निर्देशिकामा भनिएको छ, ‘यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’
१. कुनैपनि बैंक वित्तीय संस्थामा खाता खोल्न पाउदैंन ।
२. बैंकमा रहेको खाता पनि सञ्चालन गर्न पाउदैन ।
३. विदेशबाट आएको पैसा पनि पाउदैंन – किनकि रेमिटबाट बढी पैसा आउने अवस्था आयो भने बैंकको माध्यमबाट आउनु पर्ने व्यवस्था रहेको छ ।
४. सम्बन्धित सदस्यले कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको पाउदैन ।
५. एकाघर परिवारको सदस्यले पनि बैंकको कर्जा उपभोग गर्न पाउदैन ।
६. आफुनो छोराछोरीलाई विदेश पठाउँदा बैंकमा पैसा देखाउनु पर्ने हुने हुदाँ सो देखाउन पाउदैन जसले गर्दा आफ्नो छोराछोरीलाई बिदेश पठाउन सकिदैन ।
७. सामाजिक सुरक्षा भत्ता जस्तै वृद्ध भत्ता, एकल महिला भत्ता तथा अन्य सरकारबाट पाउने सेवाबाट बञ्चित हुनु पर्छ ।
८. जनप्रतिनिधी हुन पाईदैन किनकी सरकारले जनप्रतिनिधि हुन कालोसुचीमा समावेश नभएको व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ ।