मध्य तथा सुदूर पश्चिम नेपालको शैक्षिक धरोहर जी.भी.एन मा.वि – एस.ई.ई पछिको उत्कृष्ट गन्तव्य

समाचार

 

नेपालगंज: नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेज एस.ई.ई पश्चात उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थी हरुको उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।

चुस्त दुरुस्त ब्यबस्थापन, सुबिधा सम्पन्न खेल मैदान सहितको भौतिक संचरना, अत्याधुनिक प्रविधि सहितको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, होटेल म्यनेजमेन्ट पढ्ने विद्यार्थी हरुको लागि आधुनिक किचन लगाएतका सेवा सुबिधा सहित ब्यबहारिक र जीवन उपयोगी शीक्षा प्रदान गर्दै हरेक बर्ष राम्रो नतिजा दिन सफल भएको कारण पनि विद्यार्थीहरु जी भी एन कलेज प्रति आकर्षित भएका छन।

अघिल्ला बर्ष हरु देखिनै शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत अब्बल नतिजा दिन सफल जी भी एन कलेज पश्चिम नेपालकै शैक्षिक स्तम्भ बन्न पुगेको छ। विज्ञान, ब्यबस्थापन, र कानुन संकाय मा दक्ष र अनुभुबी शिक्षक- शिक्षिका द्वारा पठन पाठन गराइने एस कलेजमा बिद्धार्थी ले अत्यन्तै प्रतिस्पर्धात्मक, ब्यबहारिक र जीवन उपयोगी शिक्षा हासिल गर्ने गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी ले बताए।

एस.ई.ई उत्रीण तथा ग्रेड वृद्धि परिक्षा पर्खेर बसेका सम्पूर्ण विद्यार्थी हरुलाई सुभकामना दीदै भविष्य निर्माणको एस चरणमा सहि निर्णय लिन एकपटक जी भी एन मा. वि भिजिट गर्न आव्हान गर्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने “केवल किताबि ज्ञान मात्र नभई सफल करियरको लागि आवस्यक पूर्ण प्रयोगात्मक, ब्यबहारिक ज्ञान प्रदान गर्नु हाम्रो प्रमुख लक्ष्य हो। हरेक संकायका विद्यार्थीहरुलाई उनीहरुको बिषय संग सम्बन्धित ब्यबहारिक ज्ञान दिनु हामीले हाम्रो दायित्व सम्झेका छौ।”

भन्न त सबै कलेजहरुले आफुनै उत्कृष्ट छौ भन्छन तपाई हरु पनि तेस्तै हो की? भन्ने हाम्रो प्रश्नको जवाफ दीदै भण्डारीले भने “ तपाई हरु संचारकर्मी साथीहरुले आफै खोज्दा पनि हुन्छ बिगतका बर्ष देखिनै हाम्रो शैक्षिक नतिजा करिब शतप्रतिशत नै छ, अर्को कुरा हिजो मात्रै बाँके जिल्लाबाट उत्कृष्ट अंक (३.९५जिपिए) ल्याउन सफल पुर्णिामा आचार्यले कानून संकाय र बर्दियाबाट (३.९० जिपिए) ल्याउन सफल भएका प्रभात रिजालले विज्ञान संकायमा पढ्ने गरी विद्यालयमा भर्ना भइसकेका छन। कलेजहरु बीच उच्च प्रतिस्पर्धा हुनु नीकै सबल पक्ष हो तर त्यो शिक्षामा ज्ञानको बिषयमा हुनुपर्यो। हामि केवल प्रमाणपत्र मात्र होइन विद्यार्थी हरुलाई देश भित्र र देश बाहिर समेत प्रतिस्पर्धा गर्न सक्ने गरि शैक्षिक र ब्यबहारिक शिक्षा दीइरहेका छौ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *