नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र बहादुर वली सर्बसम्मत चयन भएका छन । बिगतमा जिल्लामा रहेका भिबिन्न अटोमोबाइल्स एसोसिएसनहरु मध्य तथा सुदूरपश्चिम अटोमोबाइल एसोसिएसन, बाँके अटोमोबाइल एसोसिएसन, बाँके अटोडिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ नया कार्यसमिति गठन गरेको अध्यक्ष वलीले बताए ।
भेरी ट्रक ब्यबसायी संघका अध्यक्ष तथा पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिब किशन गुरुङ को आथित्यमा भएको उक्त कार्यक्रमममा तिनवटै संगठनका अध्यक्ष, उपाध्य्क्ष, महासचिब , कोषाध्यक्ष लगायत कार्यसमिति सदस्यहरुको उपस्थती रहेको थीयो ।
तिनवटै सस्था मर्जर पश्चात बनेको बाँके अटोमोबाइल्स एसोसिएसन कोअध्यक्षमा नरेन्द्र बहादुर वली , उपाधय्क्ष रबिनसन श्रेष्ठ,सबिन घिमिरे,सुर्यमणि अधिकारी महासचिब जगदीश भट्ट,कोषाध्यक्ष ज्ञानमणि अधिकारी,सह-कोषाध्यक्ष प्रशन्न श्रेष्ठ सदस्यहरु मनप्रसाद आचार्य,माधब आर्याल, अमृत प्रसाद श्रेष्ठ ज्ञानेन्द्र खनाल ,चन्द्र दिप जोशी ,बिबेक श्रेष्ठ, दिनेश ठाकुर,सरोज राई,तपेन्द्र खडका,पारस अर्याल गरि जम्मा अठार सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सम्पूर्ण पुराना तथा नयाँ दुवै कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दीदै अध्यक्ष वलीले ‘अटोमोबाइल ब्यबसायी हरुका समस्या समाधानको लागि सरकार र सरकारी निकाय हरुसंग समन्वय गर्ने, आवस्यक दबाब दिने वर्तमान आर्थिक चुनौतिको अवस्थामा अटोमोबाइल क्षेत्रलाई कसरी चलायमान गराउने, समस्याग्रस्त भइसकेका अटोमोबाइल ब्यबसायीहरुलाई पलायन हुनबाट कसरी बचाउने भन्ने बिषयमा आफु नीकै गम्बिर रहेको र हरेक तप्काबाट आफुले एस क्षेत्रलाई उत्थान गर्न हरसम्भब प्रयास गर्ने बताए’।