बजार खोज्दै वेतको हस्तकला उद्योग

आर्थिक

बुटवल । होटल, रेष्टुरेण्ट र घरहरूमा सजावट र टिकाउको फर्निचर खोजिन्छ । बजारमा काठबाट बनेका तमाम फर्निचर प्रशस्त पाइन्छन् । पछिल्लो समय मानिसहरुमा नयाँ र फरक खालमा सामान खोज्ने चलन बढ्दै गएपनि बेतबाट बनेका आकर्षक सोफा सेट र कुर्सीहरुको प्रयोग र खोजी खासै नभएको पाईएको छ । तर वेतको फर्निचर हेर्दा निक्कै आर्कषक, हलुका हुने गर्दछ । विस २०७३ चैत ९ गते दर्तासहित उद्योगको प्रक्रिया अगाडि बढ्यो।

स्वदेशमै हस्तकला प्रर्दशनीलाई प्रर्वद्धन गर्दै पर्यटकहरुलाई उपहार स्वरुप दिने खालका सामाग्रीहरु उत्पादन गर्ने लक्ष्यसहित आजभन्दा अगाडि ७ वर्षअघि शुरु भएको उद्योग बिस्तारै हस्तकलाबाट सेमी अटोमेसिनसम्मको यात्रामा अगाडि बढेको छ । उद्योगले गति लिएको सञ्चालक नारायण वलीको भनाई छ । उनि भन्छन्, ‘बजारमा महिलाहरुका लागि चुरि स्ट्याण्ड, बस्ने मुढा, कुर्सी, गमला स्ट्यान्ड, ऐना, सोफासेट लगायत सजावटका सामानहरू उत्पादन गरेका छौं । कच्चा पदार्थका रूपमा उद्योगमा ३ प्रकारका बेतहरू प्रयोग हुँदै आएका छन् । भारतबाट फेग्रा, गौरी बेत र नेपालकै जंगलमा पाईने पानी बेतबाट फर्निचर बनाउने काम भइरहेको छ।

मोटो बेतलाई तताएर विभिन्न प्रकारका डिजाईन तयार गर्ने काम हुन्छ । बेतलाई तताएर पानीमा भिजाएर बङ्याउने र विभिन्न आकारमा दिईन्छ । तयार भएका समानहरूमा घाममा सुकाउने र क्लियर वारनिस लगाईन्छ । बेतको सबैभन्दा महत्वपूर्ण र महङ्गो पर्ने भनेको मुख्य सीप हो । अहिलेसम्म भारतीय कामदारमा भर पर्नु पर्ने बाध्यता रहेको उनले बताए । मासिक ८० हजारदेखी एक लाखसम्म उनीहरू पारिश्रमिक लिन्छन्। रुपन्देहीसहित नेपालमा हाल काठमाडौमा ३५, नारायणगढ २, पोखरामा २, लाहान १, बिराटनगरमा १, काँकडभिट्टा ४, बिर्तामोडमा १, बर्दियामा ५, कैलाली ३ गरि थप ५४ वटा उद्योग छन्। कतिपय उद्योगहरु जनशक्ति अभाव र कच्चा पदार्थको अभावका कारण धेरै उद्योगहरु पलायन भएका छन् ।

मोटो बेतको लागि भारतमा निर्भरको विकल्प छैन् । सानो पानी बेत भने नेपालकै सामुदायिक वनमा अधिकांश पाइन्छ । लुम्बिनी प्रदेशकै वर्दिया, रुपन्देही, दाङ, बाँके र बर्दिया अधिकांश जंगलमा भएपनि उपयोग विहिन भएका छन् । कतै सरकारी निकायबाट अवरोध हुन्छ भने, प्रदेशको वर्दियामा भने वनकै सम्बन्धित समितिबाटै मिलोमतोमा भारत निर्यात हुँदै आएको छ । जुन स्वदेशी कच्चापदार्थ नेपाली उद्योगीहरुले चाहेर पनि पाउन सकेका छैनन् ।

मलेसिया निर्भर चोया बुटवलबाटै
बेतका उत्पादनमा कच्चा पदार्थहरू भारतमात्र नभई मलेसियाबाट समेत निर्यात गर्नुपर्ने बाध्यता थियो । बेतको चोया सिंगापुर हुँदै मलेसियाबाट ल्याउने गरिन्थ्यो । धेरै अध्ययनपछि बेतबाट चोया बनाउने मेशिन बुटवलमा भित्राएर उत्पादन शुरु भएको छ । सिंगापुरपछि नेपालमा नै पहिलो मेशिन भएको सञ्चालक वलीको दावी छ । ‘मलेसियाको गुणस्तरको चोया हामीले उत्पादन गर्छौ ।’—उनले भने । यसले लागत घटाएको उनी बताउँछन् । मलेसियाबाट ल्याउँदा प्रतिकिलो १ हजार ७ सयभन्दा वढि पर्न जान्छ । चोया अहिले स्वदेशमा नै उत्पादन हुँदा २५÷३० प्रतिशत मुल्य घटेको उनी बताउँछन । भारतमा समेत अहिले चोयाको माग भैरहेको उनले बताए । ‘अब बिक्रिको तयारीमा छौ ।–उनले भने । मेशिनको प्रयोगबाट बेतको बाहिरी भाग र भित्री भागको फरकफरक उत्पादन गर्न सकिने हुँदा अहिले खेर गएका बेत पनि उपयोगी हुने बताईएको छ । चोया तयार गर्ने करीब २५ लाख रुपैयाँको मेशिनसहित हाल उद्योगमा ४० लाखभन्दा माथि लगानी पुगेको छ ।

टिकाउ धेरै
बेतबाट निर्माण गरिएको सजावटका सामानहरू आम जनमानसहरू महंगो भनेपनि बास्तवमा यो त्यती महगो भने नभएको उनिको दाबी छ । ‘अहिले बजारमा अन्य फर्निचर तथा डाईनिङ सेटको मुल्य ३५ हजार रूपैयाँ छ भने बेतको पनि उहीँ नै छ ।’—उनले भने । मूल्य बराबर जसो भएपनि टिकाउ र डिजाईनका हिसाबले भने बेत धेरै फाईदाजनक भएको उनि बताउँछन । एक पटक गरेको लगानीबाट नातीको पालासम्म प्रयोग भएका धेरै भेटिने उनले बताए । बेतमा किरा धुलिया लाग्दैन । हेर्दा आकर्षक हुन्छ । विदेशीहरूले धेरै रुचाएपनि विदेश बिक्री गर्ने वातावरण नभएको उनले जनाए ।

स्वदेशका जंगलमा पाईने बेतबाट सजावटका सामानमात्रै नभई चोया बनाउने राम्रो सम्भावना रहेको छ । युवाहरू स्वदेशमा अवसर खोज्नेभन्दा पनि विदेश मोहमा रहेको बेला यो राम्रो सम्भावना भएको उनि बताउँछन । ‘हामी दक्ष जनशक्तिबाट उत्पादनमा जोड दिएका छौ । सञ्चालक भुपेन्द्र बहादुर क्षेत्री (हरि) बताउँछन । धेरै पटक निःशुल्क तालिम सञ्चालन गरेको भएपनि युवाहरूमा चासो कम देखिएको उनले दुखेसो पोखे । स्थानिय सरकारसंग मिलेर दक्ष जनशक्ति उत्पादनको पहल गर्ने योजनामा रहेको भएपनि तर स्थानिय तहहरुलाई त्यसप्रति कुनै चासो नदिएको पाईएको छ तरपनि यसको सीप सिकाउने अभियानमा आफुहरू लागि परेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *