इजरेलबाट चार विद्यार्थीका शव नेपाल ल्याइयो, अन्यको पहिचान हुन ‘बाँकी’

अन्तराष्ट्रिय

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ।

इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो।

नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू हमासको आक्रमणमा परेर मारिएका थिए।

मृतकमध्ये नारायणप्रसाद न्यौपाने, दीपेश विष्ट, लोकेन्द्रसिंह धामी र आशिष चौधरीको शव काठमाण्डू ल्याइपुर्‍याइएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।

न्यौपानेको शव शनिवार राति नै काठमाण्डू ल्याइएको थियो भने विष्ट र धामीको शव आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका थिए।

मृतक आशिष चौधरीको शव भने आइतवार दिउँसो नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रोत:हाम्रो पात्रो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *