दुर्गा प्रसाई को आन्दोलनमा व्यवसायिक सरोकार मंच बाँके को समर्थन

समाचार

नेपालगंज: व्यवसायिक सरोकार मंच बाँके ले मङ्सिर ७ गते हुने दुर्गा प्रसाई को राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानमा समर्थन जनाउदै अभियान संलग्न हुने भएको छ ।

देश आर्थिक संकटको सामना गर्ने अवस्थामा रहेको, चरम भ्रष्टाचार, आर्थिक अनियमितता, रोजगारीको नाममा युवा जनशक्ति को पलायन, राजनीतक दल र कार्यकर्तामा देश प्रेम को अभाब ,तथा बैंक तथा वित्तीय सस्था हरुको चर्को ब्याज का कारण ब्यबसाय ऋणात्मक हुदै गएको अवस्थामा समेत सरकार केवल आफ्नो आयु बढाउने खेलमा मात्रै लागेको हुनाले जनतामा निरासा छाएको भन्दै व्यवसायिक सरोकार मंच बाँके ले चरम असन्तुस्टी ब्यक्त गरेको छ ।

मङ्सिर ४ गते देवानन्द अर्याल को अद्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गर्दै व्यवसायिक सरोकार मंच बाँके ले नेपाल उद्योग बाणिज्य महासंग नितान्त ब्यबसायिक र उपभोक्ता मुखी हुनुपर्नेमा केवल राजनीतिक दल र दलीय स्वार्थ एबम सत्ता को खेलमा लागेको मध्यम स्तरका ब्यबसाय मा संलग्न ब्यबसायी हरुको समस्याको बारेमा कति संबेदनशील नभएको हुदा व्यवसायिक हक हितको लागि एक हुन मंच गठन गर्नुपरेको मंचका सल्लाहकार नरेन्द्र बहादुर वली ले बताए।

दुर्गा प्रसाई को आन्दोलन लाई नै किन समर्थन भन्ने हाम्रो प्रश्नमा सल्लाहकार वली ले भने: सिंगल अंक को बैंक ब्याजदर आजका मितिमा करिब डबल बनाउने र व्यवसायि हरुलाई दैनिक जसो फोन तथा मेसेज मार्फत धम्कि दिने , धितो राखेको करोडौं को सम्पति बैंकका कर्मचारी र बाह्य बिचौलिया को मिलोमतोमा लाखमै लिलामी को नाटक मन्चन गरि मिलिझुली बाडी खाने प्रवृति भैरहेको बेला सरकार र नेपाल राष्ट्र बैंक समेत ले राम्रो संग नियमन गर्न नसकेको/नगरेको हुदा सरकारलाई दबाब स्वरूप निरन्तर एस्ता आन्दोलनमा समर्थन तथा सहभागी हुने छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *