नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ ।
आगलागीमा परी मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३५ बर्षिय राधा बुढा र १० बर्षिया मान्सी बुढाको मृत्यु भएको छ भने २८ बर्षिया करिश्मा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुलसीराज अर्यालले जानकारी दिएका छन् ।
राति करिव १० बजे आगलागी भएको खबर थाहा पाएपछि स्थानियले प्रहरीलाई जानकारि गराएका थिए ।
आगलागी के कति कारणले लागेको हो सो घटना बारे थप अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारि दिएकाे छ ।