नेपालगञ्ज नवौं नेपालगञ्ज म्याराथनको उपाधी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भएका छन् । उपाधी जित्ने पार्किले दुइ लाख तथा दोस्रो खड्का एक लाख र तेस्रो स्थान हासिल गरेका बोगटीले पचास हजार रुपैया धन राशि पुरस्कार स्वरुप प्राप्त गरेका छन।पार्कि छैठौ संस्करणमा पनि उपाधि हासिल गर्ने धावक हुन।
क्रियटिभ ह्याण्डसल द्वारा आयोजना गरिएको म्याराथनको उद्घाटन नेपाल्गन्ज उपमहानगर पलिका का मेयर प्रशान्त विष्ट र महानायक राजेश हमालले गरेका थिए । हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले जितसंग ह्याट्रिक गरेकी छन् ।