नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जले पनि केन्द्रीय कार्यालय बाट दिइने सेवा विगत १ वर्षदेखि दिइरहेको छ ।
उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्य , बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको विशिष्ट आतिथि, जिल्ला प्रहरी कार्यालय बाँकेका एस पी सुवासचन्द्र बोहरा, विभिन्न उद्योगी तथा ट्रेड युनियनहरुको बाक्लो उपस्थितिमा उक्त दिवस मनाइएको हो ।
उक्त दिवसको शुभकामना मन्तव्य दिने क्रममा अधिकांश वक्ताहरूले कोषको सेवा सुविधाको बारेमा प्रशंसा गर्दै सम्पूर्ण निजी क्षेत्रमा कामगर्ने तथा अनौपचारिक क्षेत्रमा कामगर्ने सबैलाई बलियो कानुन संशोधन गरेर सुचिकृत गराउनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सुरक्षा कोषका सहायक निर्देशक केशब गौतमले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सोही कोषमा कार्यरत डा. सचित भण्डारीले गरेका हुन् ।
नेपालगन्ज कार्यालयका प्रमुख कैलाश कुमार यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का कार्यकारी निर्देशक डा. सुनिल कुमार सिंह, बाँके च्याम्बर अफ कमर्सका उपाध्यक्ष गोपाल अधिकारी, ट्रेड युनियनका नेताहरू बसन्त मल्ल, पुर्ण बहादुर केसी, यम बहादुर खड्का, नेपाल घरेलुु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्का, बाँकेका प्रजिअ श्रवण कुमार पोखरेल, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, आश्रय परिवारका तर्फबाट पुष्पा चन्दले शुभकामना मन्तव्य राखेकी हुन् ।