बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकलाइ एक प्रतिशत भन्दा कममै निक्षेप राख्न दीदै वाणिज्य बैंक

आर्थिक समाचार

१४ मंसिर,काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा बैंकहरुले १ प्रतिशत ब्याजदरमै लगानी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेपछि मंसिर लागेपछि मात्रै बिहीबार तेस्रो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो ।

बिहीबार ७ दिनका लागि १५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा ४० अर्र्ब १० करोडको बोलकबोल पेश भएको छ । १२ वटा संस्थाले ५१ वटा बोलकबोल प्रस्तााव पेश गरेका थिए ।
बैंकहरुले अधिकतम १.१६१३ प्रतिशत ब्याजदरमा बोलकबोल पेश गर्दा न्यूनतम १ प्रतिशत भन्दा पनि तल झरेका छ । न्यूनतम ०.९९ प्रतिशत ब्याजदरमा बैंकहरु राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका हुन् । बिहीबारको बोलकबोलमा औसत ब्याजदर १.०४९८ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि १० मंसिरमा १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३९ अर्ब ६० करोड र ६ मंसिरमा पनि १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३७ अर्बको प्रस्ताव आएको थियो । १० मंसिरमा औसत ब्याजदर १.१४४५ प्रतिशत र ६ मंसिरमा १.९६५७ प्रतिशत ब्याजदर कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरमा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने बताएको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन नगरी निक्षेप संकलन उपकरण बोलकबोल गर्दा बैंकहरुले ०.९९ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका हुन् ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ । जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ । जसलाई स्थायी निक्षेप संकलन सुविधा पनि भनिन्छ ।
अनलाइन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *