मोटरसाईकल चोरीमा संलग्न आरोपि २ जना पक्राउ

समाचार

नेपालगंज: मोटरसाइकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँके ले नेपालगंज ८ बस्ने बर्ष २३ को अजय सिंह बाडिया र नेपालगंज ९ बस्ने बर्ष २० को रमेश भन्ने हरि सुनारलाई मंसिर १३ गते नेपालगन्ज १८ जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको छ।

अतहर हुसेन फारुकीले आफ्नो मोटरसाईकल चोरी भएको भनि मंसिर १२ गते सूचना दिए पश्चात तत्काल चोरी भएको मोटरसाईकल खोज्ने क्रममा उक्त चोरी गरेको मोटरसाईकल रङ परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा फेला पारी दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

See less

Leave a Reply

Your email address will not be published. Required fields are marked *