बैंक नीति- व्यवसायी मारा

आर्थिक

नेपालगन्ज: कोभिड पछिको जटिल आर्थिक अवस्थामा समेत बैंक तथा वित्तीय सस्था ब्यबसायी प्रति अनुदार देखिएको भन्दै छिटो भन्दा छिटो समस्या समाधान गर्न नेतृत्व गर्न आव्हान गर्दै बाँके अटोमोबाइल एसोसिएसन र ब्यबसायिक सरोकार मंच बाँकेद्वारा मंसिर १५ गते सनिबार नेपालगन्ज उद्योग बाणिज्य संघ लाई छुट्टा-छुट्टै ज्ञापनपत्र बुझाएका छन। अटोमोबाइल एसोसिएसनका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर वली र ब्यबसायिक सरोकार मंच बाँकेका तर्फबाट अध्यक्ष देवानन्द अर्याल ले नेपालगन्ज उध्योग बाणिज्य संघका अध्यक्ष टंक धामीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ब्यबसायी बचाउन नीतिगत सुधारको आवस्यकता छ ब्यबसायी नरहे देशको अर्थतन्त्र कहाँ पुग्छ त्यसको कुनै आकलन गर्नबाट सरकार पनि चुकेको छ, मुख्य भूमिकामा रहेको नेपल्र राष्ट्र बैंकको कसिलो नीतिले साना र माध्यम ब्यबसायी पलाएन नै हुनुपरेको छ, एकातिर ब्यबसायी ब्यबसाय बन्द गरेर पलाएन हुदैछन अर्कोतर्फ बैंक को नाफा करोड बाट अर्बमा पुगेको छ एस्तो असमानताले कदापी देश समृद् बन्न सक्दैन ज्ञापनपत्र पश्चात प्रतिक्रिया दीदै अध्यक्ष अर्याल र वली ले भने ।

ज्ञापान पत्र को बिषयमा बाँके अटोमोबाइल एसोसिएसन अध्यक्ष नरेन्द्र वली संग गरिएको कुराकानी

१. आन्दोलन सुरुगर्ने भन्नु भयो एस्तै प्रकारको आन्दोलन काठमाण्डौमा भैरहेको छ तर प्रभाबकारी देखीएको छैन तपाईहरु पनि त्यहि बाटोमै हो?

प्रश्न एकदमै सहि हो तपाइले इंगित गरेको दुर्गा प्रसाईले नेतृत्व गरेको काठमाण्डौ केन्द्रित आन्दोलन होला तर हाम्रो आन्दोलनको मोडल फरक हुन्छ प्रसाई जी ले उठाउनुभएका धेरै कुरा नीकै मार्मिक छन राजनैतिक रुपमा हाम्रा र उहाका धारणा फरक होलान तर अर्थतन्त्र र व्यवसायीक हितका सम्बन्धमा हामी एकैठाउँमा छौ।

२. भनेपछि तपाईहरु पनि आन्दोलन लाई नै समाधान मान्नुहुन्छ ?

होइन आन्दोलन हाम्रो रहर होइन बाध्यता हो। बिगतमा विश्वव्यापी महामारी थीयो सबै एकजुट भएर लडेको हो। हामीले सरकारलाई सदैब सहयोग गयौ। अहिले ब्यबसायी मारमा छन हामीले सरकार, राष्ट्र बैंक, राजनीतिक दल, सरोकारवाला निकाय सबैको ढोका ढक-ढकायौ तर कसैलाई हाम्रो समस्याले छोएन। बैंक को ब्याज र ऋणका कारण दैनिक जसो ब्यबसायी या त पलाएन हुने या आत्महत्या गर्ने गरेका छन हाम्रो आन्दोलन ब्यबसायी बचाउँ आन्दोलन हो।

३. बैंक पनि त व्यसाय हो बैंक संग पनि सोझा साझा नागरिककै पैसा हो तपाईहरुको आन्दोलनले बैंक समस्याग्रस्त भएभने ? समस्या त एता पनि छ नी ?

अवश्य बैंक ब्यबसाय हो एसमा हाम्रो बिमति छैन, बैंकले नाफा कमाएको मा हाम्रो आपति होइन तर परिस्थिति अनुसार नाफा कमाउनु पर्यो कोभिड पछी बैंक को रिपोर्ट हेर्नुस ब्याजदर ७-८ प्रतिशत बाट १२-१३ प्रतिशत पुग्यो, बैंक को नाफा करोड बाट अर्बमा पुग्यो एकातिर हामी ब्यबसायी धरासायी हुदै जाने अर्को तर्फ बैंक नाफाको पहाड बनाउदै जाने एस्तो असमानताले समग्र देशको आर्थिक अवस्था कहाँ पुग्ला हामीले ४ बर्ष का लागि लिएको ऋण आठ बर्ष को जति ब्याज बुझाई सक्यौ।

४. आन्दोलननै अन्तिम उपाए हो त ? के कस्ता छन तपाई हरुका आगामी कार्यक्रम ?

यो पहिलो चरण हो हामीले उद्योग बाणिज्य संघ लाई हाम्रो लोकल अभिभावक मानेका छौ र  नेतृत्वदायी भूमिका निर्भाह गर्न आग्रह गरेका छौ। उद्योग बाणिज्य संघ हाम्रो समस्या समाधानको नेतृत्व लिन सकारात्मक छ ।आगामी कार्यक्रम उद्योग बाणिज्य संघको नेतृत्वमा नै हुन्छ बाँके र एस आसपासका सबै उद्योग बाणिज्य संघ अन्य ब्यापारिक संघ संगठन हरु सबै यहि २१ गते बृहत छलफलमा जादै छौ त्यहाँ बाट नया कार्यक्रम बन्छन् अब हामी व्यवसायी मारा नीतिको समर्थन गर्न सक्दैनौ ।

५. बैंक को ब्याजदर घटे सबै ठिक हुन्छ भन्ने तपाईहरु को धारणा हो ?

बैंक को ब्याजदर कम्तिमा सिंगल डिजिटमा आउनु पर्छ र ऋण प्रबाह गर्दा जुन ब्याजदरमा प्रबाह हुन्छ ऋण अबधि समाप्त हुदासम्म त्यो दर कायम हुनुपर्छ। अर्को कुरा अहिले जति व्यवसायी बैंक को ऋणी छन उनीहरु लाई ऋण चुक्ता गर्ने समय सिमा बढाउनु पर्छ र अनेक बाहानामा लिने सेवाशुल्क हटाउनु पर्छ।

६. अन्तमा केहि भन्न चाहानु हुन्छ ?

सरकाले हाम्रो मर्का बुझोस् र ज्यानमारा सरकार हुनबाट जोगियोस हामी यहि माटोमा पसिना बगाउने यसै देशका नागरिक हौ यो कुरा सरकारले छिटो बुझोस् अन्यथा हामी बिद्रोहमा उत्रने छौ। हामीलाई बेवास्ता नगरियोस म सम्पूर्ण आम सरोकारवाला निकाय हारलाई खबरदारी गर्न चाहान्छु एबम नागरिक समाज सबैलाई हाम्रो समस्यामा मलम लागाउन आव्हान गर्न चाहान्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *