नेपालगंज: नेपालगंज उद्योग बाणिज्य संघ बाँके तथा व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया द्वारा संयुक्त रुपमा नेपल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय बाँके नेपलगंजमा ज्ञापनपत्र बुझाएका छन
व्यवसायीक सरोकार मंचका संयोजक देवानन्द अर्याल ले बैंक बचाउन व्यवसायी मार्ने नीति सरकार र राष्ट्र बैंक दुबैले लिनु नहुने तर्क राखेका छन
नेपाल सरकार तथा राष्ट्र बैंक को अव्यावहारिक कर नीति, मनोमानी, खुल्ला सिमाना को कारणले उद्योग व्यवसायी ले भोग्नुपरेको समस्याका बिषयमा १४ बुदे माग प्रस्तुत गर्दै नीतिगत रुपमा व्यवसायीका माग सम्बोधन नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने उद्योग बाणिज्य संघका अद्यक्ष टंक धामीले बताए
नेपल राष्ट्र बैंक नेपालगंज कार्यालयका निमित प्रमुख रामकुमार कार्की ले ज्ञापनपत्र बुझ्दै व्यावसायी का माग छिटै किन्द्रिय कार्यालय पुर्याउने प्रतिबद्धता जाएर गरेका छन त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल ले ज्ञापनपत्र बुझ्दै व्यवसायीका समस्या समाधानमा आफुले उल्लेख्य सहयोग गर्ने बताए