मुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुदा १८ जजना घाईते भएका छन्।आइतबार बिहान करिब साढे ८ बजे मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको हो। बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।
घाइतेमध्ये असिमा साही, सविता सुनार, सविना सुनार, प्रदीप गोदारको दमौली अस्पतालमा उपचार भइरहेको छ।त्यसैगरी दुर्घटनाका घाईतेहरु सुरन राई, पिल्लिमाया थापा, ज्ञानदेवी श्रेष्ठ, स्नेहा श्रेष्ठ, एन्जल भट्टराई, पूर्णबहादुर गुरूङको रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते भएका बविता थापा, नवीन थापा, दुर्गा थापा, नवीना थापा, दीपा थापा, सुमित्रा राई, जुनु भट्टराई, पूर्णिमा भट्टराईलाई भने थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ।